काठमाडौं, ९ साउन । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी ओलीलाई पदबाट राजीनामा दिन सुझाव दिनुभएको छ ।
अविश्वासको प्रस्तावमाथिको छलफलमा आइतबार संसद बैठकमा सहभागी हुँदै अध्यक्ष यादवले अहिले पनि समय बाँकी रहेकाले पदबाट राजीनामा दिँदा उपयुक्त हुने बताउनुभयो । ‘केपी ओलीज्यूलाई सबैले छाडेका छन् । मुसाहरू सबै भागी सकेका छन्’, उहाँले भन्नुभयो, ‘अहिले पनि राजीनामा दिँदा हुन्छ । बेसै हुन्छ ।’
प्रधानमन्त्री ओलीको राष्ट्रवादीको विषयलाई हल्का रुपमा लिनु भएका अध्यक्ष यादवले भन्नुभयो, ‘खोक्रो राष्ट्रवादको कुनै अर्थ छैन । हामी नयाँदिल्ली गएका बेला कुरा मिलाइदेउ भनेर ओली जीले आफ्ना उपप्रधानमन्त्रीलाई दिल्ली पठाएर दबाब दिन खोजेका थिए । तर हामीले मानेनौँ ।’












प्रतिक्रिया