२६ कार्तिक २०८३, बिहिबार

दुई मन्त्रीले प्रधानमन्त्री ओलीलाई राजीनामा बुझाउँदै

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KP Oli Umlकाठमाडौं, ९ साउन । राप्रपाका तर्फबाट सरकारमा सहभागी दुई मन्त्रीले प्रधानमन्त्री केपी ओलीलाई राजीनामा बुझाउन गएका छन् ।

प्रधानमन्त्री ओलीविरुद्धको अविश्वास प्रस्ताव पारित हुनु केही घण्टा अगाडि राप्रपाका दुई मन्त्री दीपक बोहरा र जयन्त चन्दले पार्टीको निर्णय भन्दै पदबाट राजीनामा बुझाउन गएका हुन् । बोहरा र चन्दले अहिले केही समयभित्रै प्रधानमन्त्री ओलीलाई राजीनामा पत्र बुझाउने स्रोतले जनाएको छ ।

‘दीपक बोहरा र जयन्त चन्द राजीनामा पत्र लिएर प्रधानमन्त्रीलाई भेट्न जानुभएको छ’, स्रोतले भन्यो । बोहराले पनि राजीनामा बुझाउने तयारी भएको बताउनुभयो । ‘हेरौँ के हुन्छ ? राजीनामा बुझाउने तयारी भएको छ’, बोहराले भन्नुभयो ।

माओवादी केन्द्र र नेपाली कांग्रेस सहितका दलहरूले ओलीविरुद्ध अविश्वासको प्रस्ताव असार २९ गते दर्ता गराएपछि सो विषयमा सदनमा तीन दिनयता छलफल चल्दै आएको छ । अविश्वासको प्रस्ताव आजै सभामुखले सदनमा निर्णयार्थ पेश गर्ने कार्यक्रम छ ।

यसअघि शनिबार राति नै मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका मन्त्रीहरूले पनि राजीनामा दिएका थिए । उनीहरूले सरकार छाड्ने निर्णय गरेसँग मन्त्रीहरूले राजीनामा दिएका हुन् ।