२६ कार्तिक २०८३, बिहिबार

बाढीबाट झापामा १२५ घरपरिवार डुबानमा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dubanभद्रपुर, ९ साउन । अविरल वर्षाका कारण भद्रपुर नगरपालिका वडा नं ५ का १२५ घरपरिवार डुबानमा परेका छन् । जोखिममा परेका ती घरपरिवारको नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले आज बिहानैदेखि उद्धार कार्यमा जुटेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मेची नदीमा आएको बाढीले भद्रपुर नगरपालिकाको वडा नं ५ का बस्ती डुबानमा परेपछि उद्धार कार्य भइरहेको प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिनुभयो ।

अविरल वर्षाका कारण बिर्तामोडको अदुवा खोलामा आएको बाढीले अधिकांश भूभाग डुबानमा परेको, बिर्ताबजारको मूल सडकमा पानीको बहाव बढ्न गई सवारी अवागमन बन्द भएको, गरामनी पनि डुबानमा परेको, देउनीय खोलाको मासतिर हर्चाना पुल खतरामा परी बिर्तामोड र भद्रपुर ओहोरदोहोर गर्ने सवारी साधन बन्द भएको प्रहरी नायब उपरीक्षक शर्माले बताउनुभयो ।

झापाका कनकाई, विरिङ, हडिया, कमल र मेचीजस्ता ठूला नदीमा पानीको सतह बढ्दै गई धेरै मानव बस्ती डुबानमा पर्न सक्ने खतरा बढेको प्रहरीको भनाइ छ ।

यसैगरी, चारआलीदेखि चन्द्रगढीसम्मको चारआली सडकखण्डको धनुष मोड, बिपी चोक र सदरमुकामस्थित सडक वर्षाको पानी जम्न गई सवारी आवागमनमा बाधा पुगेको छ ।

वर्षाका कारण नदीमा आएको बाढीले मानवीय तथा भौतिक क्षति नभएको सूचना आएको तर खत्तरामुक्त अवस्था नरहेको प्रहरी नायब उपरीक्षक शर्माको भनाइ छ ।

वर्षाका कारण सदरमुकामस्थित नेपाल विद्युत् प्राधिकरण कार्यालय, कृषि विकास बैंक, राष्ट्रिय समाचार समितिको कार्यालयको प्राङ्गणमा पानी जमेको छ । रासस