११ कार्तिक २०८३, बुधबार

केसी बसे मनमोहनका डाक्टर पनि अनशन बस्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

monmohanकाठमाडौं, २५ असार । प्रस्तावित मनमोहन मेमोरियल शिक्षण अस्पतालका ३३ चिकित्सकले डा गोविन्द केसी शिक्षण अस्पतालभित्र अनशन बस्न नपाउने दाबी गरेका छन् ।

केसी अनशन बसे त्यसविरुद्ध आफूहरू पनि अनशन बस्ने चेतावनी उनीहरूले दिएका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

अस्पताल प्रशासनलाई पत्र पठाउँदै उनीहरूले डा केसीले अस्पतालभित्रै अनशन गर्न पाउने भए आफूहरूलाई पनि अनशनस्थल उपलब्ध गराउन माग गरेका छन् ।

पटक–पटकको अनशनले स्वास्थ्य क्षेत्रमा ठूलो क्षति पुगेको भन्दै उनीहरुले डा केसीलाई कारबाही गर्नसमेत माग गरेका छन् ।

अनशनको चेतावनी दिने चिकित्सकहरू

उमाकान्त भट्टराई, रामप्रसाद श्रेष्ठ, नगेन्द्रप्रसाद शाह, गुणकुमार श्रेष्ठ, राजकुमार क्षेत्री, उमा क्षेत्री, मुजा: श्रेष्ठ, सुनीलकुमार चौधरी, खेमराज भुसाल, रवीन्द्र सिंखडा, मिलन शाक्य, दीपा शाहा, अमृत बञ्जरा, रवीनरत्न रञ्जितकार, नीराजन सुवेदी, तेजप्रकाश दवाडी, आयुषभक्त श्रेष्ठ, निता शाक्य मल्ल, डिवित अधिकारी, डेलिया पौडेल, सुजन सायमी, प्रभा मैनाली, रोशना श्रेष्ठ, तिनुसिंह श्रेष्ठ, विशाल खनियाँ, रोजिना मानन्धर, रवीन्द्र शर्मा, श्यामबहादुर सिंह, प्रशान्त पौडेल, समी मानन्धर, योगेन्द्र विष्ट, रुकेशमान शाक्य र प्रदीप पाण्डे ।