११ कार्तिक २०८३, बुधबार

आमाले नै फोन लगाएर कुरा गर्न बच्चालाई दिन्छन्

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Teli Phoneकाठमाडौं, २५ असार । प्रधानमन्त्री कार्यालयमा रहेको जनगुनासो व्यवस्थापन एकाइ अर्थात हेल्लो सरकारमा वास्तविक उजुरी र गुनासो भन्दा धेरै ‘ब्लफकल’ आउने गरेको छ ।

हेल्लो सरकारले सुरु गरेको टोल फ्री नम्बर अर्थात पैसा नलाग्ने फोनमा आउने ‘ब्लफकल’ले कर्मचारीहरु भने हैरान भएका छन् । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

एकाइका उपसचिव प्रधुम्न उपाध्यायले भने, ‘निजी गन्थन र पारिवारिक कुरा सुनाउन पनि कतिले फोन गर्छन् । जसले हाम्रा कर्मचारीको समय बर्बाद भएको छ ।’ उनका अनुसार धेरैजसो फोन बच्चाको आउने गरेको छ ।

कर्मचारीले रिसिभ गर्दा उनीहरुले सोध्छन्, ‘बाबा तपाई कहिले आउनुहुन्छ ?’ उपसचिव उपाध्यायको अनुमानमा बच्चाहरुले बाबुसँग गफ गर्न खोजेका तिनका आमाहरुले हेल्लो सरकारमा फोन लगाएर बच्चालाई दिन्छन् ।

धेरै मध्ये यस्ता बच्चाका बाबु विदेश रहेको अनुमान गर्न सकिन्छ । एकाईले बारम्बार ‘ब्लफकल’ गर्नेलाई कारबाही गर्नेबारे सोचे पनि व्यवहारिक रुपमा सम्भव नहुने भएपछि त्यसबारे केही निर्णय गरेको छैन ।