१९ कार्तिक २०८३, बिहिबार

प्रहरीका अर्का उच्च अधिकारी अख्तियारको फन्दामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aakthier

काठमाडौँ, २४ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरी अस्पताल महाराजगन्जका प्रहरी वरिष्ठ उपरीक्षक डा महेशमान प्रधानले प्रस्तुत गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएकाले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता कृष्णहरि पुष्करका अनुसार अभियुक्त प्रधानले सुरु नियुक्ति प्रयोजनका लागि पेस गरेको आइएस्सी र बिएस्सीको प्रमाणपत्रमा जन्ममिति सच्याई झुटो विवरण दिई भ्रष्टाचार गरेको पाइएको हो ।

आयोगले प्रधानलाई हदैसम्मको कारबाहीको माग गर्दै मुद्दा दायर गरिएको जनाएको छ ।

यसअघि अख्तियारले सशस्त्र प्रहरीका पूर्व प्रमुखहरुमाथि कारवाही गरेको थियो ।  रासस