१९ कार्तिक २०८३, बिहिबार

कांग्रेसलाई मजबुत पार्टी बनाउन नेविसंघ सशक्त हुनुपर्ने: महर

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nain-singh-Mahar-1काठमाडौं, २४ असार । नेविसंघका निवर्तमान उपाध्यक्ष नैनसिंह महरले कांग्रेसलाई मजबुत पार्टी बनाउन नेपाल विद्यार्थी संघ सशक्त हुनुपर्ने धारणा राखेका छन् ।

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै महरले पार्टीलाई मजबुत बनाउन नेविसंघ सशक्त हुनुपर्ने धारणा राखेका हुन् । ‘पार्टीमा नेविसंघको भूमिका र आसन्न महाधिवेशन’ विषयक अन्तरक्रियाकोल्दै उनले भने, ‘मुलुकले कांग्रेसबाट ठूलो अपेक्षा राखेकाले त्यो पुरा गर्न पार्टी मजबुत हुनुपर्छ ।’ पार्टी मजबुत हुन नेविसंघलगायतका भातृ निकाय सशक्त हुनुपर्ने उनको धारणा थियो ।

उनले नेविसंघ पार्टीमा क्रिम नेतृत्व उत्पादन गर्ने नर्सरी भएको बताउँदै भने, ‘त्यसैका लागि आसन्न नेविसंघको ११ औं महाधिवेशनमा मेरो उम्मेद्वारी हो ।’ आफूले नेतृत्व गर्न पाए नेविसंघलाई सशक्त, समावेशी र जुझारु बनाउने उनले बताए ।

सातै प्रदेशमा प्राविधिक शिक्षालय, मेडिकल कलेज, इन्जिनियरिङलगायतको गुणस्तरीय शिक्षाका लागि राज्य व्यवस्थासँग आफ्नो संघर्ष जारी रहने उनको भनाइ थियो । मिडिया प्याइन्टले आयोजना गरेको अन्तरक्रियामा महरले आफूले उठाउँदै आएको शैक्षिक प्रमाणपत्रका आधारमा ऋण लिने व्यवस्था, खुला विश्वविद्यालयको अवधारणा राज्यबाट सम्बोधन भए पनि यसको कार्यान्वयनका लागि खबरदारी र पहल बाँकी नै रहेको बताए ।