भैरहवा, २४ असार । एमालेका सचिव प्रदीप ज्ञवालीले माओवादी केन्द्रले सरकार छाड्छौं भनेर एमालेलाई धम्की मात्र दिएको दावी गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘माओवादीले एमालेलाई घुर्की मात्रै दिएको हो, उसले तत्काल सरकार छोड्ने अवस्था छैन ।’
गुल्मेली सम्पर्क समाज सिद्धार्थनगर शाखा, भैरहवाले प्रकाशन गरेको “गुल्मी दर्पण” स्मारिकाको भैरहवामा विमोचन गर्दै ज्ञवाली माओवादी केन्द्रले सरकार नछाड्ने बताउनुभयो ।
सचिव ज्ञवालीले संविधानले सबैको हकअधिकार सुनिश्चित गरेको भन्दै आन्दोलनरत दलहरू सहमतिमा आउनुको विकल्प नरेहेको उल्लेख गर्नुभयो । उहाँले वर्तमान सरकारले जति राम्रा काम र राम्रा योजना इतिहासमा कुनै सरकारले नलिएको दावी गर्नुभयो ।
‘केही दलहरूले एमाले र एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको विरोध गर्दैमा सरकारले आफ्नो कामको गति छाड्दैन’, उहाँले भन्नुभयो, ‘त्यसैले तपाईहरू वार्तामा आउनोस्, हामी वार्ता गर्न तयार छौं, सहमति खोजौं अनि सबैले हातेमालो गरी देश विकासमा जुटौं ।’













प्रतिक्रिया