काठमाडौं, २४ असार । चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालले मुलुकभरि अबिरल वर्षापछि आएको बाढी पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार र राहतका लागि सरकारसँग आग्रह गरेको छ ।
चुरेभावर पार्टीका पदाधिकारीका साथै प्रभावशाली नेताहरूको शुक्रबार बिहान काठमाडौंको रातोपुलमा बसेको बैठकले बाढीपहिरोबाट भएको जनधनको क्षतिबाट पार्टी मर्माहत भएको जनाएको हो ।
‘वर्षाका कारण मुलुकभरि जनधनको ठूलो क्षति भएको छ’, अध्यक्ष बद्रीप्रसाद न्यौपानेले भन्नुभयो, ‘बाढी पहिरोबाट ज्यान गुमाएका परिवारलाई सरकारले उचित दिनुपर्छ । जोखिममा परेका सर्वसाधारणहरूलाई तत्काल उद्धार गरेर सुरक्षित स्थानमा लैजानुपर्छ ।’
उहाँले सरकारले बाढीपहिरो पीडितहरूका लागि छिटोभन्दा छिटो राहतका कार्यक्रम ल्याई उद्धारमा रविशेष ध्यान दिन माग गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका साथै पार्टीको सांगठनिक विषयमा छलफल भएको अध्यक्ष न्यौपानेले उल्लेख गर्नुभयो । ‘पार्टीले अहिलेसम्म गरेको आन्दोलनको समीक्षा, सरकारसँगको वार्ता प्रक्रियाका विषयमा पनि छलफल भएको छ’, उहाँले भन्नुभयो, ‘अब पार्टीको संगठन गर्ने निर्णय भएको छ ।’












प्रतिक्रिया