१९ कार्तिक २०८३, बिहिबार

कतारबाट १० तोला सुन ल्याउँदा एयरपोर्टमै समातिए उदयपुरका विष्ट

5.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gold

काठमाडौं, २३ असार । अवैध रुपमा विदेशबाट सुन ल्याउँदा एक जना प्रहरीको फन्दामा परेका छन् ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा एयर अरेवियाको उडानद्वारा कतारवाट आएका यात्रु उदयपुर तपेश्वरी–९ का ३४ वर्षीय कमलकुमार विष्टलाई प्रहरीले १० तोला सुनसहित पक्राउ गरेको हो ।

जुत्ताभित्र लुकाई छिपाई ल्याएको १० तोला सुन भन्सार एरिया क्रस भइसकेपछि अराइभल गेटबाट बुधबार प्रहरीले उनलाई समातेको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।