१९ कार्तिक २०८३, बिहिबार

बिद्यालयको भवन निर्माणमा सशस्त्र प्रहरीको श्रमदान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Apf-sharmdan

– अनिल खत्री

गुल्मी, २३ असार । गुल्मीको सदरमुकाम तम्घास नजिकै रहेर पनि ओझेलमा परेको एक बिद्यालयमा सुरक्षा कर्मीले बिद्यालयको भवन निर्माणमा श्रमदान गरेका छन् ।

गुल्मीको सदरमुकाम तम्घास नजिकै रेसुङ्गा नगरपालिका वडा नं. ७ कुँडापानीमा रहेको अर्जुन प्राबिको बन्दै गरेको नयाँ भवनको जग पहिरोले निर्माण कार्य रोकिएपछी गुल्मीमा रहेको शसस्त्र प्रहरी वलका सुरक्षाकर्मीहरुले श्रमदान गरेका हुँन ।

बिहिवार शसस्त्र प्रहरी कार्यालय गुल्मीमा प्रमुख प्रहरी नायव उपरीक्षक दिगबिजय सुवेदी सहित १५ जना सुरक्षाकर्मीको टोलीले दिनभर नव निर्मित भवनको माटो हटाउँने तथा ढुङ्गा फुटाउने काम गरेको हो । सदरमुकाम नजिकै रहेर पनि बिद्यालयको भवन लगायत अन्य कुराहरुमा खासै बिकासको गति नल्याएको भन्दै बिद्यालय व्यवस्थापन समितीको आग्रह अनुसार सुरक्षाकर्मीहरुले समय मिलाएर श्रमदन गरेको शसस्त्र प्रहरी कार्यालय गुल्मीका प्रमुख डीएसपी दिगबिजय सुवेदीले जानकारी दिए ।

उनका अनुसार प्रहरीले अन्य दिनहरुमा पनि थप कामको लागी श्रमदान गर्ने योजना बनाएको छ ।