१९ कार्तिक २०८३, बिहिबार

क्रान्तिबाट नेपाललाई हिन्दू राष्ट्र कायम गर्ने घोषणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hindu1काठमाडौं, २३ असार । नेपाल हिन्दू राष्ट्र पुनःस्थापना मञ्चले सन् २०१६ भित्र नेपाललाई हिन्दू राष्ट्र घोषणा नगरिए जनबल र क्रान्तिबाट हिन्दू राष्ट्र पुनःस्थापना गर्ने चेतावनी दिएको छ ।

मञ्चले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर राजनीतिक दलका नेताहरूले लोभ लालचमा हिन्दू राष्ट्र विक्री गरेको आरोप लगाएको हो । राष्ट्रिय अन्तर्राष्ट्रि, धार्मिक संघ संस्था र जनताको बलमा हिन्दू राष्ट्र कायम गरिछाड्ने घोषणा मञ्चले गरेको छ ।

मञ्चका संस्थापक अध्यक्ष ईन्जिनियर विष्णुप्रसाद बरालले नेपाललाई हिन्दू राष्ट्र कायम गराउने विषयमा हिन्दू धर्मका महान गुरु शंकराचार्यसहित धार्मिक गुरु र अभियन्ताहरू सहमत भइसकेको भन्दै यस विषयमा नेपालका राजनीतिक दलहरूले तत्कालै नसोँचे ठूलो आन्दोलनमार्फत हिन्दू राष्ट्र पुनःस्थापना गरिछाड्ने दावी गरे ।

कार्यक्रममा नेपाललाई हिन्दू राष्ट्र बनाउने विषयमा जगतगुरु शंकारचार्य अनन्त श्रीविभुषित स्वामी नरेन्द्रानन्द सरस्वती, अखिल भारतीय अखाडा परिषद श्री १०८ महन्त नरेन्द्र गिरी, माँ नर्मदा अन्नक्षेत्र भागवत परामार्थिक लोक सेवा ट्रष्ट, अखिल भारतीय चाणक्य परिषद, वल्र्ड पिस कम्पाईजिन, नर्मदा परिक्रमा पर्याबरण संरक्षण संगठन लगायतका भारतीय धार्मिक सस्थाको समर्थन पत्र पत्रकार सम्मेलनमा वितरण गरिएको थियो ।