१९ कार्तिक २०८३, बिहिबार

सुकम्बासी आयोग गठन गरेर समस्या समाधान गर्न माग

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sukumbasi1काठमाडौं, २३ असार । अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी संघ र सुकुम्बासी संयुक्त संघर्ष समितिले तत्काल सुकुम्बासी समस्या समाधान आयोग गठन गरे मुलुकभरिका सुकुम्बासीहरूको समस्या समाधान गर्नुपर्ने माग गरेका छन् ।

सर्लाहीका सुकुम्बासीहरूले लगाएको बाली नष्ट गरे उनीहरूमाथि बल प्रयोग गरेकोप्रति आपत्ति प्रकट गर्दै तत्काल आयोग गठन गरेर बास्तविक सुकुम्बासीको पहिचान गरी समस्या समाधान गर्नेतर्फअघि बढ्न सरकारसँग माग गरेका हुन् ।

काठमाडौंमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा संघकी सचिव सन्ध्या प्रधानले सर्लाही घटना निन्दनीय भएको दावी गर्दै घटनामा घाइते भएकाको उपचार, सुकुम्बासी किसानलाई क्षतिपूर्ति दिन माग गरिन् ।

समितिका अध्यक्ष लड्डु खड्काले सुकुम्बासी जनतालाई राज्यले न्याय दिनुको साटो उल्टै आहात दिएको भन्दै यसका विरुद्ध आन्दोलनमा उत्रने चेतावनी दिए ।