१९ कार्तिक २०८३, बिहिबार

भूकम्पपीडित विद्यार्थीको छात्रवृत्ति सीटीइभीटीले बेचेको दाबी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chatrabritiकाठमाडौं, २३ असार । भूकम्पपीडित आठ सय बढी विद्यार्थीकोलागि नेपाल सरकारले उपलब्ध गराएको छात्रबृत्ति आर्थिक लेनदेनमा विक्री गरिएको आरोप भुकम्प पीडितहरुले लगाएका छन ।

भूकम्पपीडितहरूले बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर सरकारले छात्रबृत्ति उपलब्ध गराएपछि सीटीइभीटीले अपारदर्शी रुपमा विद्यार्थीको विवरण सार्वजनिक नगरी छात्रबृत्तिमा घोटाला गरेको आरोप लगाएका हुन् ।

भूकम्पपीडित तरकेश्वर नगरपालिका बडा नम्बर ७ का राजकुमार परियारले सीटीइभीटीबाट दिइएको छात्रबृत्ति अपरादर्शी बनाइएकोले उनीहरूले त्यसमा आर्थिक लेनदेन गरेको आरोप लगाउँदै छात्रबृत्तिको परीक्षामा करीव दुई सय विद्यार्थी सहभागी भएकोमा आठ सय जनालाई कसरी छात्रबृत्ति दियो ? भनि प्रश्न गरे ।

उनले आफूहरूले बुझ्न खोज्दा सीटीइभीटीसँगै राष्ट्रिय दलित आयोगले समेत आफूहरूलाई बेवास्ता गरेको भन्दै दलितको नाममा आएको बजेट बास्तविक दलितको नपुगााई गोलमाल गर्ने आयोग खारेज गर्नु पर्ने माग गरे ।

उनले यो विषयमा शिक्षामन्त्रीसहित सरकारले छानविन गरेर बास्तविक भुकम्प पीडितलाई दिएको छात्रबृत्तिको दुरुपयोग रोक्नु पर्ने माग गर्दै छात्रबृत्तिको बास्तविकता सार्वजनिक गर्नु पर्ने धारणा राखे ।