१९ कार्तिक २०८३, बिहिबार

कम्युनिष्ट न्यूक्लियसको कार्यदिशा जनयुद्ध र सांस्कृतिक क्रान्ति

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ असार । कम्युनिष्ट न्यूक्लियस नेपालले समाजवादमा पुग्ने कार्यदिशाको रुपमा जनयुद्ध र सांस्कृति क्रान्ति तय गरेको जनाएको छ ।

सो पार्टीको असार १८ बाट २१ सम्म काठमाडौंमा बसेको केन्द्रीय कमिटीको बैठकले दलाल नोकरशाही राज्य सत्ताका विरुद्ध जनयुद्ध र प्रतिक्रान्तिकारी स्रोतका विरुद्ध सांस्कृतिक क्रान्ति गर्दै वैज्ञानिक समाजवादमा पुग्ने कार्यदिशा तय गरेको बिहीबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

बैठकले सम्पत्तिमा १ प्रतिशत पुँजिपतिहरूको एकाधिकार रहेको अवस्थामा साम्यवाद झनै नजिक बन्दै गएको निष्कर्ष निकाल्दै पार्टी, जनवल, जनसत्ता र जनसंगठनको विकासबाट राजनीतिक लक्ष्यमा पुग्ने विश्लेषण गरेको जनाएको छ ।

विचार मिल्ने क्रान्तिकारीहरूसँग एकता वा कार्यगत एकता गर्दै ध्रुवीकरणको प्रक्रियाबाट क्रान्तिकारी केन्द्र निर्माण गर्ने योजना तय गर्दै राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवाललाई समेटेर सरकारलाई ज्ञापनपत्र बुझाउने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले हेमन्त प्रकाश ओलीको संयोजकत्वमा १९ सदस्यीय केन्द्रीय समिति र ७ सदस्यीय सचिवालय समेत गठन गर्ने निर्णय गरेको छ ।