१९ कार्तिक २०८३, बिहिबार

तलकोट गोलीकाण्डको मुद्दा अदालत जाने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pestol

डोटी, २३ असार । डोटीको पचनाली गाविसस्थित तलकोटमा गोली प्रहारबाट भएको युवती हत्याकाण्डको मुद्दा शुक्रबार मात्रै जिल्ला अदालत डोटीमा जाने भएको छ ।

प्रहरीको सम्पूर्ण अनुसन्धान सकिएपछि शुक्रबारसम्म मुद्दा जिल्ला अदालत डोटीमा दर्ता हुने जिल्ला कार्यालय डोटीका प्रहरी उपरीक्षक डिल्लीराज बिष्टले बताउनुभयो । मुद्दामा मुख्य अभियुक्त लालबहादुर चन्द र उनलाई पेस्तोल बेच्ने व्यक्तिलाई कारबाहीको मागसहित प्रहरीले मुद्दा दर्ता गर्न लागेको हो । मुद्दा सरकारी वकिलले अदालतमा दर्ता गर्ने बुझिएको छ । यतिञ्जेल मुद्दासँग अन्तरसम्बन्धित विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले अनुसन्धान गर्नका निम्ति अभियुक्त चन्दलाई थुनामा राख्न तीनपटक समय थपेको थियो । हाल प्रहरीले अभियुक्त चन्दसँग हतियार बेच्ने मानिसको खोजी तीव्र पारेको छ । नियन्त्रणमा तत्काल आउन नसके पनि अभियुक्त चन्द र हतियार बेच्ने व्यक्ति दुवैका नाममा मुद्दा दर्ता गर्ने प्रहरीले तयारी गरेको छ ।

हतियार बेच्नेको नाम भने प्रहरीले गोप्य राखेको छ । जेठ २८ गते राति करिब ८ बजेतिर पचनाली–६ तलकोटमा भान्सामा चाउचाउ पकाइरहेकी २१ वर्षीया युवती मीना साउदलाई अभियुक्त लालबहादुर चन्दले गोली हानी हत्या गरेका थिए । हत्याको रहस्य बिग्रेको प्रेम सम्बन्ध रहेको प्रहरीले निष्कर्ष निकालेको थियो । रासस