कपिलवस्तु, २३ असार । मुलुकमै सबै भन्दा बढि मुस्लिमहरुको संख्या रहेको कपिलवस्तुका मुस्लिम समुदायले आफ्नो दोश्रो ठूलो चाड (ईद उल अजहा) बक्राईद धुमधाम संग मनाउदै छन ।
ईदकै अवसरमा कपिलवस्तु नगरपालिका १ स्थित ईदगाह र नगरपालिका वडा नम्बर ९ स्थित इमाम अहमद बिन हम्मल मस्जिदमा सामुहिक नबाज पढिएको छ । मुस्लिम बाहुल्याता रहको कपिलवस्तुमा आज विहान मुस्लिम समुदायले इदगाहा, करबला, मदरसाहरुमा विशेष नवाज तथा पाठ गरि घर घरमा खसीको बलि दिएर सो पर्व मनाउदै गरेका हुन । आज खसि, रागा लगायतका पशुहरुको कुर्वानी (बली) दिई आफन्त नातागोता तथा इष्टमित्र संग खुसी साटेर यो चाड मनाइने गरिन्छ । अरबी क्यालेन्डर अनुसार जिलहिज्जा महिनामा पर्ने बक्राईद मुस्लिम समुदायले आज देखि तिन दिन सम्म मनाउने गरिन्छ ।
आफ्ना अनुयायी हतरत ईब्राहीम अलहीस सलामलाई अल्लहाले सबै भन्दा प्रिय चिज कुर्वानी गर्न गरेको अल्लाहको आदेशानुसार उनले आफनो छोरा ईस्माईल अलहीस सलामलाई कुर्वानी दिन खोजेका थिए । त्यसै बेला अल्लाहको अर्सिवादले छोराको ठाँउमा दुम्भ अर्थात भेडा जस्तो देखिने चौपाया कुर्वानीका लागि पठाएका थिए । यसैको स्मरणमा बक्राईद मनाईन्छ कुर्वानी दिइएको खसीको मासुको एक भाग गरीब, एक भाग आफन्त र नातगोता तथा एक भाग कुर्वानी दिनेले खाने चलन रहेको छ ।
यस बर्ष ईदुल अजहाका अवसरमा आफुहरुले मुलुकमा शान्ति छाओस भन्ने कामना गरेको बताए । कपिलबस्तु जिल्लामा नै सबै भन्दा बढी मर्दशा रहेको तथ्यांकमा छ ।













प्रतिक्रिया