१९ कार्तिक २०८३, बिहिबार

देउवाले बोलाउदा शशांकले आँखा खोले

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

deuba-on-hospital

काठमाडौँ, २२ असार । नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाको स्वास्थ्य स्थितिमा केही सुधार देखिएपनि अझै गम्भीर रहेको छ ।

कोइरालाको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुग्नुभएका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफूले महामन्त्रीलाई बोलाउदा सुनेजस्तो गरी आँखा खोलेको जानकारी दिनुभयो ।

चावहिलस्थित ओम अस्पतालमा उपचार गराइरहनुभएका महामन्त्री कोइरालालाई आज बिहान अचानक बान्ता भएपछि स्वास्थ्य अवस्था गम्भीर बनेको थियो । वान्ता गर्ने क्रममा उहाँको फोक्सोमा खाना अड्किएपछि निमोनियाको सङ्क्रमण देखिएको अस्पतालले जनाएको छ ।

उपचारमा संलग्न डा लव जोशीले महामन्त्री कोइरालाको स्वास्थ्य केही सुधारोन्मुख देखिएपनि अझै गम्भीर नै रहेको जानकारी दिनुभयो । अस्पताल परिसरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा डा जोशीले महामन्त्री कोइरालाको स्वास्थ्यमा केही सुधार देखिएको र बोलाउदा उहाँले महसुस गरेको बताउनुभयो ।

डा जोशीले भन्नुभयो, “अहिलेकै अवस्थामा कम्तीमा २४ घन्टा समय पार भयो भने स्वास्थ्यमा सुधार आउनेमा हामी आशावादी छौँ ।” नेता कोइरालाको रक्तचाप, अक्सिजनको मात्रा र पिसाबको अवस्था स्थिर रहेको जानकारी दिँदै उहाँले भन्नुभयो, “पर्याप्त मात्रामा पिसाब गर्नुभएको छ, यो राम्रो सङ्केत हो ।”

ओम अस्पतालमा उपचाररत नेपाली काँग्रेसका महामन्त्री शशाङक कोइरालाको स्वास्थ्य अवस्थाबारे बुधबार साँझ पत्रकार सम्मेलनमा जानकारी गराउदैँ उपचारमा संलग्न एमडी हरिकिशोर श्रेष्ठ, डा लब जोशी र डा हरिश जोशी ।
ओम अस्पतालमा उपचाररत नेपाली काँग्रेसका महामन्त्री शशाङक कोइरालाको स्वास्थ्य अवस्थाबारे बुधबार साँझ पत्रकार सम्मेलनमा जानकारी गराउदैँ उपचारमा संलग्न एमडी हरिकिशोर श्रेष्ठ, डा लब जोशी र डा हरिश जोशी ।

बिहानको तुलनामा मिर्गौला र कलेजोमा समेत सुधार देखिएको र अहिले उहाँको रक्तचापको अवस्था १२०–५० हुनुका साथै चिकित्सकले औषधिको पूरा मात्रा दिएर उपचार भइरहेको जनाएका छन् । स्वास्थ्यमा सुधार ल्याउन सजिलो होस् भन्नाका लागि महामन्त्री कोइरालालाई कृतिम श्वास प्रश्वासको सहयोग दिइएको छ ।

sasanka-koirala-1

उहाँको गम्भीर स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै चिकित्सकले एयर एम्बुलेन्समार्फत विदेश लैजानुभन्दा उपचारको सबै व्यवस्था यही गर्नु उपयुक्त हुने जनाएका हुन ।

कोइरालाको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुग्नुभएका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफूले महामन्त्रीलाई बोलाउदा सुनेजस्तो गरी आँखा खोलेको जानकारी दिनुभयो । रासस