पोखरा, २२ असार । प्रहरी तथा सेनाको सिआइडी हुँ भनी लुटपाट गर्दै हिड्ने रोल्पा धवाङ–४ घर भएका वसन्त थापालाई प्रहरीले आज पोखरा १४ को चाउथेबाट पक्राउ गरेको छ ।
पोखरा र आसपासका इलाकामा थापाले बिहान तथा साँझको समयमा एकान्त बाटोघाटो, विश्रामस्थल तथा पार्कहरुमा घुमफिर गर्ने मानिसको अवस्था हेरेर आफू प्रहरी तथा सेनाको सिआइडी हुँ भनी तपाइँहरुको शरीर तथा सामान चेक गर्नुपर्यो भन्दै डर त्रास देखाई उनीहरुको साथमा रहेका मोबाइल सेट जवर्जस्ती लुट्ने गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता गजुसिद्धि वज्राचार्यले बताउनुभयो ।
थापाको साथबाट विभिन्न मोडेलका १७ थान मोबाइल सेटसमेत बरामद गरिएको छ । रासस













प्रतिक्रिया