१९ कार्तिक २०८३, बिहिबार

भियतनामी नागरिक एयरपोर्टबाटै पक्राउ, सुटकेशमा भेटियो बहुमूल्य वस्तु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

TIA-airport

काठमाडौं, २२ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक विदेशी महिला बहुमूल्य औषधि यार्सागुम्बासहित पक्राउ परेकी छिन् ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार अन्तर्राष्ट्रिय बिमानस्थल काठमाडौंमा थाई एयरलाईन्सको उडानद्धारा बैङककतर्फ जान लागेकी भियतनामी नागरिक न्यान्ही धान्ह माईलाई सुटकेशमा कपडाले पोको पारिएको अवस्थामा यार्सागुम्बा पोका ४ थान र बिभिन्न साना प्याकेटहरु गरी जम्मा ११ थानमा रहेको करीव ५ केजी यार्सागुम्वा सहित बुधबार प्रहरीले पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीको लागि जिल्ला बन कार्यालय हात्तीसार काठमाडौं पठाइएको छ ।