
– सुदीप अधिकारी
बर्दिया, २२ असार । बर्दियाको भुरिगाउँ–ठाकुरद्धारा सडकखण्डमा पर्ने मोहनपुरमा बुधबार दिउँसो बस दुर्घटना भएको छ ।
दुर्घटनामा ९ जना घाइते भएको इलाका प्रहरी कार्यालय भुरिगाउँले जनायो । घाइते मध्ये ३ जनाको अवस्था गम्भिर रहेको बताइएको छ ।
भुरिगाउँबाट ठाकुरद्धारातर्फ गइरहेकोे ना २ ख ६६०९ नम्वरको बस बुधबार दिउँसो करिव ३ बजे मोहनपुर गाउँ नजिकै दुर्घटना भएको हो ।
दुर्घटनामा परी ठाकुरद्धारा–६ का ३२ वर्षीय छोटेलाल चौधरी, ठाकुरद्धारा–३ का २३ वर्षीय अरविन्द चौधरी, ठाकुरद्धारा–३ की ४५ वर्षीय सुकमाया परियार, ठाकुरद्धारा–२ की १३ वर्षीया नीरु थारु, ठाकुरद्धारा–३ की २३ वर्षी शान्ति चौधरी र उनकी २ वर्षीया छोरी सोनिया चौधरी घाइते भएको प्रहरीले जनाएको छ ।
यसैगरी दुर्घटनामा परी नेपालगंज उप महानगरपालिका–१ का ३८ वर्षीय रमेश रिजाल र कैलाली लम्कीका ३५ कृष्ण रेग्मी र उनकी ६ वर्षीय छोरी सुस्मिता रेग्मी घाइते भएको इलाका प्रहरी कार्यालय आंशिका वम, १८ वर्षीय योगेश वम, कैलाली, चुहा–२ का १८ वर्षीय वजय सुनार र ठेगाना नखुलेका ३२ वर्षीय चालक राजु चौधरी घाइते भएको भुरिगाउँका ट्राफिक सर्जन चौधरीले जानकारी दिए । घाइते मध्ये सुकमाया परियार, सुस्मिता रेग्मी र निरु थारुको अवस्था गम्भिर रहेको बताइएको छ ।
गम्भिर घाइते तीनै जनालाई उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको बताइएको छ । सामान्य घाइतेहरुको भुरिगाउँस्थित के पी क्लिनीकमा उपचार गरिएको प्रहरीले जनाएको छ ।
बस अनियन्त्रित भएर सडकबाट तल खसेको प्रहरीले जनाएको छ । बसका चालक प्रहरी नियन्त्रणमा छन् ।












प्रतिक्रिया