१९ कार्तिक २०८३, बिहिबार

दैलेखमा उच्च जोखिमबाट टरे २९ घर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

SAMSUNG CAMERA PICTURES

– कमल शर्मा

दैलेख, २२ असार । जव वर्षा सुरु हुन्छ, तब दैलेख अवलपराजुल ५ का ब्युराखेतका २९ घर परिवार रातभर जागराम बस्नु पथ्र्यो, कति बेला पराजुली खोला र चोर खोला ब्यराखेत उर्लेर आएर बस्तीनै बगाउँछ । यही दुई खोलाले बिरौटा खेत गाउँलाई २०७१ सालमा आएको ठूलो बाढीले ठूलो क्षति पुगायो खेत सबै बगर बनायो, गाउँमा निर्माण भएको जलबिद्युत बगायो गाउँ अन्धकार छ ।

दुई वर्षअघिको पीडा सम्झेर बिरौटावासीले यो वर्षको असार लाग्नुअघि नै बाढीपहिरो रोकथाममा लागि ज्ल्लिाका सरोकारवालाहरुसंग बस्ती बचाउनका लागि आवश्यक पर्ने समानको जोहो गरिदिन हारगुहार गरे ।

उनीहरूको टोलीले जिल्ला भू–संरक्षण कार्यालयमा सोध खोज गरेपछि जेठ ११ गत्ते जाली दिने सम्झौता भएपछि स्थानीयमा केही राहात मनमा पलायो र जिल्ला भूसंरक्षण कार्यालयबाट तत्काल जोखिम न्यूनीकरण गर्नका लागि १ सय ६५ थान जाली पाए ।

वर्षा सुरु हुने डरले रातदिन नभनी तार जाली भरेको स्थानीय दीपक कार्कीले बताए । उनले भने तार जाली भरेको केही दिनमा ठूलो बाढी आयो तर जालीलै कारण बाढी बस्तीमा पस्न सकेन गाउँमा केही जोखिम भएन ।

जिल्ला भूसंरक्षण कार्यालय दैलेखका कार्यलय प्रमुख शिखर चपाईले स्थानीय बासिन्दाबाट माग आएपछि आफै गएर अनुगमन गरेपर जोखिम देखेपछि तत्काल काम गर्न सल्लाहा दिएको बताए ।