१९ कार्तिक २०८३, बिहिबार

सुस्त तथा श्रवण क्षमता कम भएकालाई छात्रावास

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

girls-hostalझापा, २२ असार । पूर्वाञ्चलमै सुस्त तथा श्रवण क्षमता कम भएका विद्यार्थी अध्ययन गर्ने कनकाई उच्च माध्यमिक विद्यालयमा उनीहरुका लागि बन्न लागेको छात्रावास भवनको शिलान्यास भएको छ ।

शिक्षा मन्त्रालयको रु ८३ लाखको लागतमा भूकम्पप्रतिरोधी छात्रावास भवनको शिक्षा विभागका महानिर्देशक खगराज बरालले मंगलबार धार्मिक विधिपूर्वक भवनको शिलान्यास गर्नुभएको हो ।

सुस्त श्रवण तथा सबै प्रकारका अपाङ्ग विद्यार्थीलाई निःशुल्क शिक्षा दिने सरकारको मूल लक्ष्य रहेकाले सोही अनुरुप नीति निर्माण गर्ने र बजेट विनियोजन हुने महानिर्देशक बरालले बताउनुभयो ।

पूर्वाञ्चल विकास क्षेत्रमा माध्यमिक तहसम्म बहिराका लागि पढाइ हुने एक मात्र सो विद्यालयमा विभिन्न जिल्लाबाट आएका विद्यार्थी अध्ययन गर्छन् । घर टाढा भएकाले कोठा भाडामा लिएर अध्ययन गरिरहेका छन् ।

उनीहरुलाई अध्ययन गर्न सहज होस् भन्ने उद्देश्यले छात्रावास निर्माण गर्न लागेको विद्यालयका निमित्त प्रधानाध्यापक निर्मलकुमार खतिवडाले बताउनुभयो । रासस