१९ कार्तिक २०८३, बिहिबार

नेपाली सेनाद्वारा हेलिकप्टरबाट पहिरो पीडितको उद्धार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Army-helicopter-3-650x463
फाइल तस्वीर

काठमाडौं, २१ असार । विगत केहि दिनदेखि परेको अविरल बर्षाको कारण गोरखा जिल्ला केरौजा गाविस वडा नं.३ मा गएको पहिरोमा परेका स्थानीय बासिन्दाहरुलाई मंगलबार नेपाली सेनाको हेलिकप्टरद्वारा उद्धार गरिएको छ ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार सो पहिरोमा परी ३ जनाको घटनास्थलमै मत्यु भएको र अन्य गम्भीर घाईते २ तथा सामान्य घाइते १ जनालाई थप उपचारको लागि नेपाली सेनाको हेलिकप्टरद्वारा काठमाण्डौ ल्याईएको छ ।

कुनैपनि प्राकृतिक विपद्को घडीमा उपलब्ध श्रोत साधनहरुलाई अधिकतम प्रयोग गरि जनधनको क्षतिको न्युनीकरण गर्न तत्काल परिचालित हुनसक्ने गरि आफू सदैव तयारी अवस्थामा रहेको नेपाली सेनाले जनाएको छ ।