१९ कार्तिक २०८३, बिहिबार

दुर्घटनामा आमाको मृत्यु, छोरी गम्भीर घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

motorbike accident

उर्लाबारी (मोरङ), २१ असार । उर्लाबारीमा आज बिहान मोटरसाइकलको ठक्करबाट स्कुटरमा सवार एक महिलाको मृत्यु भएको छ ।

दुर्घटनामा उनकी छोरी गम्भीर घाइते भएकी छन् । बिहान साढे ११ बजे उर्लाबारी– १ स्थित पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ गइरहेको को ४ प ४७४३ नंको स्कुटरलाई सोही दिशातर्फ गइरहेको बा४७ प ३९३४ नंको मोटरसाइकलले ठक्कर दिएको थियो । दुर्घटनामा परी स्कुटर चालक मोरङकै पथरीशनिश्चरे– २ की ३५-४० वर्षकी कविता धिमालको मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएकी महिलाको उर्लाबारीकै अरनिको अस्पतालमा उपचारका क्रममा बिहान ११.४५ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजकुमार राईले जानकारी दिनुभयो ।

दुर्घटनामा स्कुटरको पछाडि सवार उनकी १७ वर्षीया छोरी अनिशाको अरनिको अस्पतालमै उपचार भइरहेको छ । ठक्कर दिने मोटरसाइकल र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस