– कृष्ण ओझा
पाँचथर, २१ असार । पाँचथर अलैची व्यवसायीहरुको दोस्रो शाखाको अधिवेशनले नयाँ समिति चयन भएको छ । सोमवार फिदिममा सम्पन्न अधिवेसनले महासंघको विधानले व्यवस्था गरेअनुसार ५० प्रतिशत भन्दा बढि साधारण सदस्यको उपस्थिति रहेको थियो ।
यसपटक सदस्य सख्याको राम्रो उपस्थीतिमा दोश्रो अधिवेशन सम्पन्न गरिएको महासंघका बरिष्ठ केन्द्रीय उपाध्यक्ष दिपक नेपालले जानकारी दिए ।
अधिवेशनले खेमनाथ अधिकारीको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सहमतिमा निर्वाचित गरेको छ ।
उक्त समितिको बरिष्ठ उपाध्यक्षमा दिनेश भट्टराई, उपाध्यक्षहरुमा याम कुरुम्बाङ (कृषि) र प्रकाश नेपाल (बाणिज्य) छन् ।
यस्तै महासचिवमा गणेश काफ्ले, सचिवमा मोहन उप्रेती र कोषाध्यक्षमा राजन काफ्ले निर्वाचित भएका छन् ।
समितिका सदस्यहरुमा बलहादुर राई, धनशेर सम्बाहाम्फे, राजन बुढाथोकी, मनबहादुर राई, गणेश मिश्र, कुमार तामाङ, चन्द्र तामाङ, रणेन्द्र चेम्जोङ, दिलिप अधिकारी र इन्द्र योङहाङ छन् । निर्वाचित केहि युवा व्यवसायी र कृषकहरु रहेका छन ।
जिल्लामा रोग ब्याधिले अलैचीको उत्पादनमा राह्रास आए पनी भएको अलैचीको पछिल्लो मूलयमा गिरावटले किसानहरुमा निरासा छाएको उपाध्यक्ष नेपाल बताउछन ।













प्रतिक्रिया