काठमाडौं, २० असार । उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीम रावलले बाढी पहिरोका कारण हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न तथा विपद्को स्थिति सिर्जना भएमा यसको व्यवस्थापन गर्न सरकारले तयारी गरेको बताउनुभएको छ ।
व्यवस्थापिका–संसद्, राज्य व्यवस्था समितिको आजको बैठकमा बोल्दै उहाँले सम्भावित विपद्लाई ध्यानमा दिई नेपालगन्ज, काठमाडौँ र विराटनगरमा हेलिकप्टरलाई तयारी अवस्थामा राखिएको जानकारी दिँदै विपद्लाई सामना गर्ने क्षमता सरकारसित रहेको स्पष्ट पार्नुभयो ।
सांसदहरुको जिज्ञासामा उपप्रधानमन्त्री रावलले विपद्का लागि उद्धार गर्न नेपाली सेनाका लागि तीनवटा हेलिकप्टर खरिदको प्रक्रिया अगाडि बढिसकेको जानकारी दिनुभयो ।













प्रतिक्रिया