१९ कार्तिक २०८३, बिहिबार

देउखुरीमा एकीकृत सेवा केन्द्र स्थापना गर्न माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Yogendra Chaudhariकाठमाडौं, २० असार । सत्तारुढ दल मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका मुख्य सचेतक योगेन्द्र चौधरीले दाङको देउखुरी उपत्यकामा एकीकृत सेवा केन्द्र छिटो स्थापना गर्नु माग गर्नुभएको छ ।

संसदको सोमबारको बैठकमा शून्य समयमा बोल्दै मुख्य सचेतक चौधरीले देउखुरी उपत्यकामा स्थापना गर्ने भनिएका स्थानहरूमा एकीकृत सेवा केन्द्र स्थापना गर्न माग गर्नुभएको हो । ‘देउखुरीका विभिन्न स्थानमा एकीकृत सेवा केन्द्र स्थापनाका लागि सरकारले निर्णय गरिसकेको छ’, उहाँले भन्नुभयो, ‘निर्णय भइसकेको कार्यक्रमलाई कार्यान्वयनमा लैजान किन ढिलाइ ?’

देउखुरीको लमही र गढवामा एकीकृत सेवा केन्द्र स्थापनका लागि पहल भइरहेका छन् । तर सरकारले सेवा केन्द्र स्थापनमा चासो नदेखाउँदा त्यस क्षेत्रका जनता मर्कामा पर्दै आएका छन् ।

फोरम लोकतान्त्रिकका मुख्य सचेतक चौधरीले दाङ जिल्लामा विनियोजन भएका विकास निर्माणका योजनाहरूको रकम खर्च हुन नसकेको भन्दै कार्यसम्पादन गर्न नसक्ने कार्यालय प्रमुख र अन्य कर्मचारीका विषयमा सरकारले कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने बताउनुभयो ।