
काठमाडौं, २० असार । आफ्नै भतिजीको बलात्कार गर्ने नेकपा माओवादी केन्द्रका एकजना नेता भाग्दा भाग्दै राजधानीमा पक्राउ परेका छन् ।
भतिजीको बलात्कार गरेर काभ्रेबाट भागेका उनी काठमाडौंमा समातिएका हुन् । यसरी पक्राउ पर्नेमा काभ्रेका जिल्लास्तरीय नेता मोतीलाल गौतम रहेका छन् ।
काभ्रे धुसेनी शिवालय गाविस घर भएका गौतमलाई आफ्नै भतिजीको बलात्कार गरेको अभियोगमा महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले पक्राउ गरेको हो ।
केही दिनअघि भतिजी बलात्कार गरेर गौतम काठमाडौं आएको भन्ने उजुरीका आधारमा उनलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
गौतमको मुद्दालाई बाहिर नल्याउन पीडितका परिवारलाई माओवादी केन्द्रका नेताहरुले दबाब समेत दिएको खुल्न आएको छ ।
उनीमाथि जबरजस्तीकरणी मुद्दा चल्ने प्रहरीको भनाई छ ।












प्रतिक्रिया