१९ कार्तिक २०८३, बिहिबार

संघीय गठबन्धनको अनशन २८औँ दिनमा प्रवेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rile Ansanकाठमाडौं, २० असार । मधेसी मोर्चासहितका दलहरू आवद्ध संघीय गठबन्धनको रिले अनशन २८औँ दिनमा प्रवेश गरेको छ ।

खुलामञ्चमा बिहान ७ बजेदेखि सुरू भएको रिले अनशनको आजको नेतृत्व राष्ट्रिय मधेस समाजवादी पार्टीका नेता सबर प्रजापतिले गर्नुभएको छ । अनशनमा ३८ जना नेता तथा कार्यकर्ता रहेका छन् ।

रामसपाका प्रवक्ता केशव झाका अनुसार रिले अनशनमा सुरेन्द्रकुमार झा, सत्यनारायण, सञ्जय यादव, चन्दा चौधरी, जानकी दहित, पवित्रा लिम्बु, जयराम यादव, डा.सीमा सिंहलगायतको उपस्थिति रहेको छ ।

संविधान पुनर्लेखनको माग गर्दै आएको संघीय गठबन्धनले आफ्नो अनशन जेठ २५ गतेदेखि सुरू गरेको हो । अनशन असार मसान्तसम्म जारी रहनेछ ।