काठमाडौँ, १९ असार । पूर्वसांसद मञ्च नेपालले दलबीचको सहकार्यमा नेपालको संविधान अविलम्ब कार्यान्वयनमा जोड दिएको छ ।
नयाँ कार्यसमितिको चयनपछि आज बसेको मञ्चको पहिलो बैठकले संविधान निर्माणका बेला झैं सम्पूर्ण राजनीतिक दलको सहकार्यमा अविलम्ब संविधान कार्यान्वयनमा जोड दिएको हो ।
मुलुकका विभिन्न भागमा भएको बाढी पहिरोपीडित जनतालाई यथाशीघ्र उद्धार, राहत, औषधोपचार तथा आवश्यक आर्थिक सहयोग उपलब्ध गराउन पनि मञ्चले सरकारसँग आग्रह गरेको छ ।
प्राकृतिक प्रकोप र दैवी विपत्तिमा परेका जनतालाई बैँकमार्फत उपलब्ध गराइने अनुदान तथा ऋण सहयोग वितरण प्रक्रियालाई सरलीकृत तुल्याउन बैठकले अपिल गरेको मञ्चका महासचिव शङ्करनाथ अधिकारीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
मञ्चका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको उक्त बैठकले १५ औँं साधारणसभा एवम् ५८ औँं संसद् दिवस कार्यक्रम सफल बनाउन सहयोग पु¥याउनेप्रति कृतज्ञता प्रकट गरेको छ । रासस












प्रतिक्रिया