काठमाडौँ, १९ असार । नेपालले बङ्गलादेशको राजधानी ढाकास्थित गुल्सान क्षेत्रको एक रेस्टुराँमा शुक्रबार भएको आतङ्ककारी हमलाको निन्दा गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले बङ्गलादेशका आफ्ना समकक्षीलाई शनिबार छुट्टाछुट्टै सन्देश पठाई दुःखको यस घडीमा नेपाली जनता र सरकारका तर्फबाट सहानुभूति र ऐक्यबद्धता प्रकट गर्नुभएको परराष्ट्र मन्त्रलयले प्रेस विज्ञप्तिमार्फत आज जनाएको छ । रासस












प्रतिक्रिया