पर्सा, १९ असार । तुलसीबर्वा गाविसमा आज बिहान भएको आगलागीमा परी वडा नं ७ निवासी मनोज हजराकी १४ वर्षीया छोरी रिङ्कुकुमारीको जलेर मृत्यु भएको छ ।
छिमेकी सिकेन्द्र हजराको गोठमा आज बिहान ११ः४५ बजेतिर लागेको आगो निभाउने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । गोठमा लामखुट्टे धपाउन बालिएको घुरबाट सल्किएर लागेको आगो निभाउने प्रयास गरिरहेका बेला रिङ्कुमाथि गोठको छानो खस्दा उनी गोठभित्रै जलेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले जानकारी दिनुभयो । रासस












प्रतिक्रिया