१९ कार्तिक २०८३, बिहिबार

टाटा मोबाइलको ठक्करबाट भक्तपुरमा एक युवकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, १९ असार । भक्तपुर नगरपालिका-१७ सल्लाघारी निकोसेरा नजिकै बा१३च ६६४० नंको कुखुरा बोकेर काठमाडौंतर्फ जाँदै गरेको टाटा मोबाइलले ठक्कर दिँदा आज पैदलयात्री सिन्धुपाल्चोकका सुमन चौलागाईंको मृत्यु भएको छ ।

सिन्धुकोट घर भई हाल भक्तपुर नगरपालिका–४ कमलविनायक पाइप लाइन बस्ने १८ वर्षीय चौलागाईंको मध्यपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक शेखर खनालका अनुसार शव परीक्षणका लागि शिक्षण अस्पताल पठाइएको छ । टाटा मोबाइलका चालक काभ्रे सौवास घर भई हाल नगरकोट नगरपालिका ताथली बस्ने २४ वर्षीय विशाल प्रधानलाई सवारी सहित प्रहरीले नियन्त्रणमा लिएको छ । रासस