काठमाडौं, १९ असार । संविधान पुनर्लेखनको माग गर्दै आएको संघीय गठबन्धनले आज २७औँ दिन पनि रिले अनशन जारी राखेको छ ।
खुलामञ्जमा बिहान ७ बजेदेखि सुरू भएको रिले अनशनको नेतृत्व तमुवान संयुक्त संघर्ष समितिका संयोजक हुम गुरुङले गर्नुभएको राष्ट्रिय मधेस समाजवादी पार्टीका प्रवक्ता केशव झाले जानकारी दिनुभयो ।
आजको अनशनमा तराई मधेस सदभावना पार्टीका वरिष्ठ नेता रामनरेश राय, संघीय समाजवादी फोरमका महेन्द्र थापामगर, रामसपाका सूर्य कार्की, सांसद छायाँ शर्मा पन्तलगायत ३१ जना रहेका छन् ।












प्रतिक्रिया