
काठमाडौं, १८ असार । श्रीमतीको गोप्य भिडियो खिचेर पोर्नसाइटमा राख्ने पुरुष जेल चलान भएका छन् ।
महानगरीय अपराध महाशाखाले तीन साताअघि पक्राउ गरेका नवलपरासीका युवराज अधिकारीलाई काठमाडौं जिल्ला अदालतले बुधबार जेल पठाएको हो ।
अदालतले मागेको ४५ हजार धरौटी तिर्न नमानेपछि उनलाई जेल पठाइएको हो । बहुविवाह मुद्दा पनि खेपिरहेका अधिकारीले धरौटी तिर्न नमानेका हुन् ।
यसरी खिचेका थिए कान्छी श्रीमतीको भिडियो
सात वर्षअघि प्रेमिका (कान्छी श्रीमती)सँग पेपर म्यारिज गरी उनी अष्ट्रेलिया गए । प्रेमिकालाई डिपेन्डेन्ट भिषामा अष्ट्रेलिया लैजान पेपर म्यारिज गरेका थिए । अष्ट्रेलिया गएको १ वर्षमै उनीहरुबीच खटपट भयो । त्यसबीचमा उनले श्रीमतीसँग विताएका समयको गोप्य भिडियो खिचेका थिए । कान्छी श्रीमतीसँग खटपट भएपछि बदला लिन त्यो भिडियो उनले पोर्नसाइडमा राखे । तर पछि आफै हटाए । त्यसको केही समयमै उनी अष्ट्रेलियाबाट नेपाल फर्किए । उनले फेरि सोही भिडियो पोर्नसाइटमा राखेको आरोप लाग्यो । र कान्छी श्रीमतीको उजुरीका आधारमा तीन साताअघि पक्राउ परे ।












प्रतिक्रिया