१९ कार्तिक २०८३, बिहिबार

मौलाउँदै लागु औषध कारोबार, रुपन्देहीबाट ४२३ जना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ssp-sherbhdur-basnet
अञ्चल प्रहरी कार्यालय लुम्बिनीका प्रमुख एसएसपी शेर बहादुर बस्नेत ।

भैरहवा, १८ असार । पछिल्लो समय बजारमा लागु औषध कारोबारीहरुको बिगविगी बढदो क्रममा देखिएको छ । प्रहरी प्रशासनले बजारमा बढदो क्रममा रहेको लागुऔषध नियन्त्रणमा विभिन्न भूमिका खेलेपनि अपराधीहरुको संख्या भने झन पछि झन बढदो क्रममा देखिएको छ ।

गत बर्षको तुलनामा यसबर्ष भने जेठ मसान्त सम्ममै कारोबार गरी पक्राउ पर्नेको संख्या अझ बृद्धि भएको अञ्चल प्रहरी कार्यालयले जानकारी गराएसंगै लागुऔषधको कारोबार बजारमा अझ मौलाउँदै गएको प्रष्ट भएको छ । गत आर्थिक बर्ष ०७१–०७२ को एकबर्षको अवधिमा लुम्बिनी अञ्चलबाट लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गर्नेको संख्या ४२६ जना रहेको थियो भने २९० वटा मुद्धा दर्ता भएका थिए । त्यस्तै यस बर्ष अर्थात आर्थिक बर्ष ०७२–०७३ को जेठ मसान्त सम्म को मात्र कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गर्नेको संख्या ५८१ पुगिसकेको छ भने ३८८ वटा मुद्धा दर्ता भएको अञ्चल प्रहरी कार्यालय लुम्बिनीका प्रमुख एसएसपी शेर बहादुर बस्नेतले जानकारी दिए ।

यसरी विभिन्न व्यक्तिहरुले ओसारपसार तथा सेवन गर्ने लागुऔषध मध्ये सबैभन्दा बढी गाँजाको प्रयोग भएको पनि एसएसपी बस्नेतले जानकारी दिए । यस बर्ष लुम्बिनी अञ्चलबाट गाँजामात्र १२ किलो ७८३ ग्राम प्रहरीले पक्राउ गरेको छ । त्यस्तै चरेस २९ किलो, ब्राउनसुगर २६६ ग्राम, नर्फिन ३०४७, डाइजापाम ३९००, नाइट्रोसन ट्यावलेट ३३७९ थान, स्पास्मो क्याप्सुल ३८०९, फेनरागन ४०७३ थान, कोरेक्स २३२०० एमएल लगायतका थुप्रै प्रकारका लागुऔषधहरु प्रहरीले बरामद गरेको उनले बताए ।

यसरी गत बर्षको १२ महिनाको र यस बर्ष ११ महिनाको तथ्यांकलाई औषतमा हेर्नेहो भने गत बर्ष प्रतिमहिना ३५ जनाले लागुऔषध ओसारपसार तथा सेवन गरी पक्राउ भएको देखिन्छ भने यस बर्ष प्रति महिना ५३ जनाले लागुऔषध ओसारपसार तथा सेवन गरी पक्राउ भएको देखिन्छ । यसरी झन पछि झन आरोपीहरुको संख्या बढदै गएपछि प्रहरी प्रशासनको सक्रियताका कारण पक्राउ परेको भन्ने की कारोबार गर्नेको संख्या अझ बढदो क्रममा छ यसलाई प्रहरीले नियन्त्रण गर्न सकेन भनेर बुझने भन्ने कुरामा सबैलाई अन्योलता छाएको छ ।

कुन जिल्लाबाट कति पक्राउ ?

लुम्बिनी अञ्चलका विभिन्न ६ जिल्लाहरु मध्ये निकै मात्रामा कारोबार हुने रुपन्देही जिल्लामा मात्र आर्थिक बर्ष ०७२–०७३ को जेठ मसान्त सम्मको मात्र आंकडा हेर्ने हो भने गत आव०७१–०७२ को एक बर्षभरी लुम्बिनी अञ्चलको संख्या संग बराबर कारोबारी हरु पक्राउ परेका छन् । जसका कारण गत बर्षको तुलनामा समग्र लुम्बिनी अञ्चलको आँकडामा पनि यस बर्ष लागु औषध ओसारपसार तथा सेवन गर्नेको संख्यामा अझ बृद्धि भएको हो ।

गत आवको एक बर्षको अवधिमा रुपन्देही बाट २८० जना लागु औषधको कारोबारमा संलग्न भइ पक्राउ परेका थिए भने यस बर्ष जेठ मसान्त सम्म अर्थात ११ महिनामै ४२३ जना पक्राउ परीसकेका छन् । त्यस्तै पक्राउ पर्नेमा रुपन्देही पछिको दोश्रो स्थानमा नवलपरासी रहेको छ । गत बर्ष नवलपरासीबाट एक बर्षमा ६५ जना पक्राउ परेका थिए भने यस बर्ष ११ महिनाको अवधिमा १०५ जना पक्राउ परिसकेका छन् ।

त्यस्तै तेस्रो स्थानमा परेको कपिलबस्तु जिल्लाबाट गत बर्षको तुलनामा यसबर्ष भने पक्राउ पर्नेको संख्यामा कमी देखिएको छ । जिल्लाबाट गतबर्ष ६२ जना पक्राउ परेका थिएभने यसबर्ष ११ महिनाको अवधिमा ३१ जनामात्र पक्राउ परेका छन् ।

त्यस्तै पहाडी जिल्लाहरुमा सबैभन्दा बढी कारोबार हुने पाल्पाबाट पनि गत बर्षको तुलनामा यस बर्ष बृद्धि भएको छ । जिल्लाबाट गत एक बर्षमा १६ जन ागिरोहहरु पक्राउ परेका थिएभने यस बर्षको ११ महिनाको अवधिमा २१ जना पक्राउ परिसकेका छन् ।

पहाडी जिल्लाकै रुपमा रहेका अर्घाखाँची र गुल्मी भने लागु औषधको कारोबार बाट झण्डै मुक्त नै रहेका छन् । अर्घाखाँची जिल्लाबाट गत बर्ष ३ जनामात्र पक्राउ परेका थिए भने यस बर्ष जम्मा १ जना पक्राउ परेका छन् । तर गुल्मीबाट भने दुबै बर्ष पक्राउ पर्नेको संख्या शुन्य रहेको अञ्चल प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ ।

– माधब न्यौपानेबाट ।