१९ कार्तिक २०८३, बिहिबार

ललितपुरमा अनटेष्ट टिपरले किच्दा दुई जनाको मृत्यु

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

accidentकाठमाडौं, १७ असार । ललितपुरमा अनटेष्ट टिपरको ठक्करबाट एकै मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार ललितपुर–४ नयाँबाटो चोक धोबीघाटस्थित अनटेष्ट लेखिएको टिपरले बा.७० प ८९२ नम्बरको मोटरसाइकललाई शुक्रबार ठक्कर दिँदा भएको दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक म्याग्दी पिप्लेका २२ वर्षीय देबसिंह मल्ल ठकुरीको उपचारको लागि मेघा अस्पताल तथा मोटरसाइकलमा सवार २३ वर्षीया सृष्ठी श्रेष्ठको स्टार अस्पताल लैजाने क्रममा दुबैजनाको बाटोमै मृत्यु भएको हो ।

प्रहरीले टिपरको खोजी गरिरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।