मोरङ, १७ असार । मोरङमा एक पुरुषले आफ्नै श्रीमतीमाथि खुकुरी प्रहार गरेका छन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार टाडी सुन्दरी चोक बस्ने ३० वर्षीय टिका निरौलालाई खुकुरी प्रहार गरी घाइते बनाउने उनकै श्रीमान ३२ वर्षीय यम निरौलालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
यमले डिभोर्सको बिषयलाई लिएर विवाद हुँदा श्रीमतीलाई खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएकोले उपचारको लागि बिएमसी हस्पिटल बिर्तामोड पठाइएको छ ।
यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।












प्रतिक्रिया