१९ कार्तिक २०८३, बिहिबार

सक्रमणकाल छोट्याउः महासचिव पौडेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उदयपुर १७ असार । इन्सेकका महासचिव रमेशचन्द्र पौडेलले सक्रमणकाल लम्बिदै जाँदा मानवअधिकार हननका घटना बढ्दै गएको बताउनुभयो ।

हुरेण्डेकको सहकार्यमा इन्सेक पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरले असार १७ गते सदरमुकाम गाईघाटमा आयोजना गरेको सक्रमणकालिन न्याय, स्थायी शान्ति र मानवअधिकार बिषयक अन्तरसम्बाद कार्यक्रममा महासचिब पौड्ेलले दिगो शान्ति कायम गर्न सक्रमणकाल छोटिनु पर्ने धारणा व्यक्त गर्नुभयो ।

सक्रमणकाल लम्बिदैजाँदा मुलुकमा अस्थिरता, अराजकता र मानवअधिकारविरुद्धका घटनाले प्रसय पाएको भन्दै उहाँले राजनीतिक सहमतिमा मुलभुत समस्याको निराकरण गरी मुलुकको दिगो बिकासमा अग्रसर हुनु पर्ने बताउनुभयो । पौड्ेलले मानव अधकारको संरक्षण र सम्बर्द्धनका लागि मानव अधिकारकर्मीहरूले राज्यलाई दबाब दिनु पर्नेसमेत औल्याउनुभयो ।

कार्यक्रममा इन्सेक क्षेत्रीय संयोजक सोमराज थापाले सक्रमणकालिन न्यायको अवधारणा र सम्बोधनका संयन्त्र बिषयक ६ पृष्ठ लामो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यपत्रमा न्यायका सामान्य अवधारणा, न्याय प्रकृयाका विभिन्न प्रकार र रुपहरु, सक्रमणकालिन न्यायका अवधारणा, यसको विकासक्रम, अन्र्तराष्ट्रिय दस्तावेज, यसका मोडहरु, आयोग र यसको चुनौतिका सवालमा आफ्नो धारणाहरु राख्नुभएको थियो ।

कार्यक्रममा सहभागिहरुले सक्रमणकालको फाईदा उठाउँदै भएका मानवअधिकार उल्लंघनका घटनाका दोषिहरुलाई कारवाही गर्न राज्य उदासिन बनेको अबश्थामा मानवअधिकारबादीले दवाव दिनु पर्ने बताउनुभयो ।