१९ कार्तिक २०८३, बिहिबार

पोर्चुगल पठाईदिन्छु भनी ठगी गर्ने पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pakrau

काठमाडौं, १७ असार । कास्की पोखरा उपमहानगरपालिका–१३ घर भई हाल काठमाडौ महानगरपालिका–१४ कलंकी बस्ने ३३ वर्षीय मोहमद इमराम मिया र नवलपरासी प्रगती गाविस–४ का २८ वर्षीय बिश्राम शर्मालाई पोर्चुगल पठाई दिने भनी नगद ३६ लाख रुपैयाँ ठगी गरेको अभियोगमा बिहिबार प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार मिया र शर्माले कास्की पोखरा उपमहानगरपालिका–२८ बस्ने ३४ वर्षीय अमृत तामाङ र सोही ठाउँ बस्ने २८ वर्षीय सुरेश तामाङलाई पोर्चुगल पठाई राम्रो काममा लगाई दिने प्रलोभनमा पारेर विश्वास दिलाई पटक पटक गरी उक्त रकम लिएर भिजिट भिषा मगाई दुबई हुदँै जर्जियासम्म पुर्याई अलपत्र पारेको खुल्न आएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।