१९ कार्तिक २०८३, बिहिबार

पङ्खामा झुन्डिएर आत्महत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

suicide-l

गौशाला, १७ असार । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका– ४ मा आज मध्यान्ह पङ्खामा झुन्डिएर एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जलेश्वर नगरपालिका– ४ बस्ने सीताराम साह सोनारको छोरा २८ वर्षीय सन्तोष रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

केहिदिनदेखि तनावमा रहँदै आएका युवक आज मध्यान्ह १२.३० बजेतिर घरमा कोही नभएको बेला आफ्नै सुत्ने कोठामा रहेको पङ्खामा साडीको पासो लगाई झुन्डिएकोे प्रहरी उपरीक्षक जनक भट्टराईले बताउनुभयो ।

सन्तोषको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा लगिएको छ भने प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरिसकेको प्रहरी उपरीक्षक भट्टराईले बताउनुभयो । रासस