१९ कार्तिक २०८३, बिहिबार

शून्य समयमा पनि सरकारको ध्यानाकर्षण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

samsad-baithak-1

काठमाडौँ, १७ असार । व्यवस्थापिका–संसद्को आजको बैठकको शून्य समयमा सांसदहरुले राष्ट्रिय तथा स्थानीय समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँहरुले कर्णाली अञ्चलका विभिन्न जिल्लामा लामो खडेरीका कारण खाद्य पदार्थको अभाव रहेको र त्यसमा पनि हुम्ला बढी प्रभावित रहेको भन्दै तत्काल खाद्यान्न उपलब्ध गराउन आग्रह गर्नुभयो ।

बाढी पहिरोका कारण मुलुकका विभिन्न जिल्ला प्रभावित भएको, भूकम्पपीडित जनता अझै पनि खुला आकासमुनि बस्न बाध्य भएपनि सरकारले त्यसतर्फ ध्यान दिन नसकेकामा गुनासो गर्नुभयो । यसरी धारणा राख्ने सांसदहरुमा कृष्णप्रसाद पौडेल, गणेशसिंह ठगुन्ना, जीवनबहादुर शाही, तुलसा रानालगायत हुनुहुन्थ्यो ।

यसअघि सङ्घीय सद्भावना पार्टीका सांसद डिम्पलकुमारी झाले संविधान लेखन प्रक्रियामा नै असन्तुष्टी व्यक्त गर्दै लामो समयदेखि आन्दोलन गर्दै आएका मधेसवादी दलको माग सम्बोधन गर्नेतर्फ सरकारले ध्यान नदिएकामा असन्तुस्टि व्यक्त गर्नुभयो ।

उहाँको सो धारणा लगत्तै मधेसवादी र आदिवासी जनजाति सम्बद्ध दलका सांसदहरुले बैठक बहिष्कार गर्नुभयो । रासस