१९ कार्तिक २०८३, बिहिबार

बाढी, पहिरो पीडितको उद्धार गरी राहत वितरण गर्न काँग्रेसको माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepali-congress-flag

काठमाडौँ, १७ असार । नेपाली काँग्रेसले अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी पहिरोले पीडित भएका परिवारलाई उद्धार गरी राहत वितरण गर्न माग गरेको छ ।

केही दिनदेखिको अविरल वर्षाका कारण धादिङ, गोरखा, दोलखालगायत देशका विभिन्न भागमा मानिस हराएको, पहिरोको बीचमा थुनिएकाले तिनको उद्धार गरी राहत वितरण गर्न माग गरिएको काँग्रेसले जनाएको छ ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज वक्तव्य जारी गर्दै यस्तो माग गर्नुभएको हो । बाढी पहिरोले पुर्याएको क्षतिप्रति सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्दै पीडित परिवारको उद्धार र राहतका लागि पार्टीका स्थानीय निकाय, भातृ एवम् शुभेच्छुक संस्थालाई सहयोगका लागि निर्देशन दिनुभएको वक्तव्यमा उल्लेख छ ।

विपद्मा परेका पीडित परिवारलाई तत्काल उद्धार र राहत सहयोग गर्न पनि काँग्रेसले सरकारसँग माग गरेको छ ।