महेन्द्रनगर, १७ असार । कञ्चनपुरको झलारीपीपलाडी नगरपालिका २ की एक बृद्ध महिलाले जिवनको अन्तिम उत्तरार्धमा आएर नेपाली ‘नागरिकता’ पाएकी छिन् ।
सन १९९५ मा जन्मिएकी बुदनी चौधरीले विस २०७३ सालमा आएर अठहत्तर बर्षमा नागरिकता पाएकी हुन् ।
भीमदत्त नगरपालिका १८ भगतपुर डेरामा बस्दै आएकी बृद्ध महिलाहरुलाई एकल महिलाहरुको सहयोगमा बिहीबार नागरिकता दिलाईएको छ ।
बेलौरीकी समाजसेवी एकल महिला भगवती विष्टले चौधरीको नागरिकता दिलाएकी हुन् । एकल महिलाहरुलाई मनकिन तालिम दिन महेन्द्रनगर आएकी विष्टले उक्त महिलालाई देखेपछि सोधपुछ गर्दा नागरिकता नभएको बताएपछी विष्टले नागरिकता दिलाउन सिफारिस देखि जिल्ला प्रशासन गएर नागरिकता दिलाईन् ।
‘मैले यिनी बुढी आमालाई दैनिक पानी बोल्न देखे, त्यसपछि मैले उनलाई सोधे उनको नागरिकता नरहेछ ।’ विष्टले भनिन् ‘त्यसपछि मैले नागरिता दिलाउन प्रयास गरे आज सफल भए ।’
समाजसेवि विष्ट नेपाल महिला संघकी क्षेत्र नम्बर १ की सभापति पनि हुन् । उनी समाजिक सेवाका काम गर्न पाउँदा निकै हर्षित हुन्छिन् ।
चौधरीको एक मात्रा छोरा छ । छोरा मदिराका पारखी र श्रीमान दृष्ट्रिबिहीन भएका कारण बुढेसकालमा साहरा कोही नभएकाले आफुले होटेलमा भाडा माझ्दै दैनिकी चलाएको उनको दुखेसो छ । आफुलाई नागरिकता बनाउनु पर्छ भन्ने थाहा भएपनि नागरिकता दिलाउने कोही नभएको उनले बताईन् । नेपाली नागरिकत नहुँदा उनले सरकारी सेवा सुविधा समेत पाएकी थिएनन् ।
नेपालीहरुको औषत उमेर हाल ६९ बर्ष छ, समाजिक सुरक्षा भत्ताका लागि सरकारले ७० उमेर देखि दिदै आएको छ । चौधरीले अब नागरिकता बनेसंगै समाजिक सुरक्षा भत्ता लगायत सरकारी सेवा पाउने छिन् ।
अधिकारकर्मी प्रभुनिधी पन्तले जीवनतको अन्तिम समयमा आएर नागरिता पाउनु दुखत भएको भन्दै, अझैपनि ग्रामिण भेगका जनताहरु नागरिताबाट बञ्चित भएको बताए । चौधरीको नागरिकतामा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रशासकिय अधिकृत शिवदत्त अवस्थीको दस्तकत छ । नागरिकता पाएसंगै चौधरी हर्षित भएकी छिन् ।













प्रतिक्रिया