काठमाडौं, १६ असार । नेपाली काग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले नयाँ सरकार गठनको लागि राष्ट्रिय सहमति आवश्यक नरहेको बताउनुभएको छ ।
रिपोर्टर्स क्लव नेपालले बिहीबार काठमाडौंमा आयोजना साक्षत्कारमा नेता बडूले संविधान कार्यान्वयनको लागि जसको नेतृत्वमा सरकार बने पनि प्रमुख प्रतिपक्षी भने आवश्यक रहने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सहमति सरकार गठनको लागि होइन, संविधानको कार्यान्वयन, आवश्यक ऐन कानुन निर्माण, मधेसको समस्या समाधानको लागि राष्ट्रिय सहमति आवश्यक छ ।’
बडूले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार हरेक फ्रन्टमा असफल भईसकेको दावी गर्नुभयो । सरकारले नसके प्रतिपक्षी दलको नाताले आफूहरू नयाँ सरकारको लागि तयार रहेको उहाँले बताउनुभयो ।
‘हामीलाई सरकारमा जान हतार होइन, सरकार हाम्रो प्राथमिकता पनि होइन’, कांग्रेस नेता बडूले भन्नुभयो, ‘तर यो सरकारसँगै हामी मुलुकलाई असफल हुँन दिँदैनौ । वेटिङ्ग गर्भमेन्टको रुपमा हामी तयार भएर बसेका छौँ ।’












प्रतिक्रिया