१९ कार्तिक २०८३, बिहिबार

सहकारीबाट चोरीको आरोपमा कारागार चलान

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jail-Ma-Manchheबर्दिया, १६ असार । शिव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट रु १२ लाख चोरीको आरोपमा तीनजनालाई कारागार चलान गरिएको छ ।

बर्दिया जिल्लाको सूर्यपटुवा–४ स्थित शिव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा १०/१२ जनाको हतियारधारी समूह आई सो संस्थाका सुरक्षा गार्ड यज्ञबहादुर थापालाई नियन्त्रणमा लिई सो संस्थाको सेफसमेत तोडफोड गरी नगद रु १२ लाख ६९ हजार ८९३ चोरी भएको थियो ।

उक्त संस्थाका व्यवस्थापक समितिका कोषाध्यक्ष २६ वर्षीय सीताराम चौधरी, अध्यक्ष ५२ वर्षीय रामबहादुर थापा र सुरक्षागार्ड ६४ वर्षीय यज्ञबहादुर थापा समेतलाई पक्राउ गरी प्रहरीले अनुसन्धान कार्यका लागि जनही रु २० लाख धरौटी माग भएकोमा सो धरौटी तिर्न नसकेपछि बुधबार बर्दिया कारागार चलान भएको प्रहरीले जनाएको छ । रासस