१९ कार्तिक २०८३, बिहिबार

होटेलमा भाँडा माझ्ने ७८ वर्षीया बुदनीलाई नागरिकताको सहारा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Budhani-Chaudhari– मोहन विष्ट

कञ्चनपुर, १६ असार । कञ्चनपुरको झलारीपीपलाडी नगरपालिका २ की एक वृद्ध महिलाले जीवनको अन्तिम उत्तरार्धमा आएर नेपाली नागरिकता पाएकी छिन् ।

सन १९९५ मा जन्मिएकी बुदनी चौधरीले विस २०७३ सालमा आएर अठहत्तर वर्षमा नागरिकता पाएकी हुन् । भीमदत्त नगरपालिका १८ भगतपुर डेरामा बस्दै आएकी वृद्ध महिलाहरुलाई एकल महिलाहरुको सहयोगमा बुधबार नागरिकता दिलाइएको छ ।

बेलौरीकी समाजसेवी एकल महिला भगवती विष्टले चौधरीको नागरिता दिलाएकी हुन् ।

एकल महिलाहरुलाई मनकिन तालिम दिन महेन्द्रनगर आएकी विष्टले उक्त महिलालाई देखेपछि सोधपुछ गर्दा नागरिकता नभएको बताएपछी विष्टले नागरिता दिलाउन सिफारिस देखि जिल्ला प्रशासन गएर नागरिकता दिलाइन् ।

चौधरीको एक मात्रा छोरा छन् । छोरा मदिराका पारखी र श्रीमान दृष्ट्रिबिहीन भएका कारण बुढेसकालमा साहरा कोही नभएकाले आफूले होटेलमा भाडा माझ्दै दैनिकी चलाएको उनको दुखेसो छ ।

चौधरीले अब नागरिकता बनेसंगै समाजिक सुरक्षा भत्ता लगायत सरकारी सेवा पाउनेछिन् ।