९ कार्तिक २०८३, सोमबार

गाईका विषयमा किन आयो यति ठूलो बिबाद ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

cowकाठमाडौं, ११ असार । एकताका लागि अन्तिम तयारीमा रहेका राप्रपा नेपाल र राप्रपामा गाईसहितको झन्डा राख्ने कि नराख्ने भन्नेमा विवाद देखिएको छ ।

राप्रपा नेपालका नेताहरुले पार्टीको झन्डामा गाई राख्न प्रस्ताव गरेपछि यस्तो विवाद देखिएको हो । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

राप्रपाका नेताहरुले भने नेपालको नयाँ संविधानमा राष्ट्रिय जनावर गाईलाई कुनै पार्टीले झन्डा विधानमा चुनाव चिन्हका रुपमा राख्न नसक्ने व्यवस्था गरेको भन्दै त्यसलाई अस्वीकार गरेको एक नेताले बताए ।

गाईलाई झन्डामा राख्दा बिवाद हुने भनेपछि त्यसलाई थप छलफल गरिने भएको छ ।

दुई पार्टीबीच चुनाव चिन्ह भने हलो राख्ने सहमति भइसकेको छ ।

त्यसैगरी पार्टीमा राष्ट्रिय अध्यक्ष र कार्यकारी अध्यक्ष रहने यसअघि नै तय भइसकेको छ ।