९ कार्तिक २०८३, सोमबार

काठमाडौंका आकाशे पुलमा यसरी हुन्छ सेक्स कारोबार

11.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, ११ असार । उपत्यकाका विभिन्न आकाशे पुलहरु यौन किनबेच गर्ने स्थानका रुपमा परिचित हुँदै गएको छ ।

अधिकारका लागि अभियान नामक सञ्जालले तीन महिनासम्म गरेको स्थलगत अध्ययनले कलंकी, गोंगबुलगायतका स्थानका आकाशे पुलमा बालिकादेखि युवतीसम्मलाई यौनकार्यका लागि सेटिङ मिलाउने काम हुँदै आएको तथ्य पत्ता लगाएको हो । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

भूकम्पपीडित गाउँबाट आएका, आर्थिक अवस्था कमजोर भएका र साथीहरुसँगको लहैलहैमा भागेर सहर प्रवेश गरेका बालिकाहरुलाई यौनकार्यमा संलग्न हुने गरेको सञ्जालले बताएको छ ।

११ देखि १८ वर्षका किशोरी सडक बालिका र लागूपदार्थका दुर्व्यसनीहरु यौनकार्यमा लागेको पाइएको छ ।

अत्यन्त न्यून आर्थिक अवस्था भएका, गर्भवती र एकल महिलासमेत यौनकार्यमा संलग्न रहेका अध्ययनमा संलग्न एमएमएसडी नेपालकी अध्यक्ष रुपा शर्माले बताइन् ।

ग्राहकले यौनकर्मीसँग मोलमोलाई गरिरहेको देख्न र सुन्न र अनुभव गर्न सकिने अध्ययनमा संलग्न छोरी नामक संस्थाकी अध्यक्ष हीरा दाहालले बताइन् ।

आकाशे पुलमुनि आउने ग्राहकमा प्रहरी, सेना , सवारी मजदुर र विद्यार्थी बढी छन् ।

उनीहरुले प्रतिघण्टा पाँच सय देखि १० हजासरम्म तिर्ने गरेको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ ।

ग्राहकहरुमा आर्थिक स्थिति नाजुक भएकादेखि उच्च ओहदाका व्यक्तिहरुसमेत रहेका स्थलगत अध्ययनमा आवद्ध सञ्जालका सदस्यले बताएका छन् ।